NewsModule


अधिबेशन सम्बन्धि जानकारी

Published On: Tuesday, August 18, 2015 | Source: NRNA POLAND

आदरणीय पोल्याण्डबाशी गैर आवाशीय नेपाली दाजुभाई तथा दिदीबहिनी हरु 
सादर नमस्कार !

गैर आवाशीय नेपाली संघ पोल्याण्ड २०१५/१७ को अधिबेशन सम्बन्धि जानकारी एबम निर्बाचन समितिको गठन काम कर्तब्य र अधिकार
गैर आवाशीय नेपाली संघ अन्त्ररास्ट्रिय समन्वय परिषद को निर्देशनानुसार गैर आवाशीय नेपाली संघ पोल्याण्डको अधिबेशन बर्तमान कार्य समितिको कार्य काल पुरा नहुदै सम्पन्न गर्नु पर्ने भएकोले,गैर आवाशीय नेपाली संघ पोल्याण्डको अधिबेशन गैर आवाशीय नेपाली संघ युरोप संयोजक श्री अर्जुन कुमार श्रेस्ठको प्रमुख आतिथ्यमाnयहि सेप्टेम्बर ६ आईतबारका दिन, दिनको ठिक १.०० बजे बाट DOM NAUKI Ul. Schroegera 82, Warszawa मा सम्पन्न गर्ने निर्णय र सोहि अनुरुपको तयारी अनुसार 
श्री कविन्द्र सुबेदी 
श्री उत्सब भट्ट 
श्री योगेन्द्र बासुकला 
तिन जना निर्बाचन आयुक्त रहने गरि निर्बाचन समिति गठन गरिएको छ !
र निर्बाचन समितिलाई आफ्नो कार्य सम्पादन गर्न सहज बाताबरण को निर्माणका लागि मिति २०१५ अगस्ट २ आईतबार को गैर आवाशीय नेपाली संघ पोल्याण्डको बैठक को निर्णय अनुसार निर्बाचन समिति समक्ष सामुहिक राजिनामा पेश गरिएको छ !
गैर आवाशीय नेपाली संघ पोल्याण्डको साधारण सदस्य नबनेका एबम बहाल रहने समय कटिसकेका सम्पुर्ण पोल्याण्डबाशी दाजुभाई दिदि बहिनि हरुलाई साधारण सदस्यता फारम भरि पंजीकृत हुन समेत अनुरोध गरिन्छ ! साथै कार्यक्रमको सफलताका लागिअधिबेशन मा उपस्थित भई दिनु हुन एबम आ-आफ्ना जिज्ञासा गुनासा एबम सुझाब राख्नु हुन समेत हार्दिक अनुरोध गरिन्छ !
निर्बाचन समिति का काम कर्तब्य र अधिकार 
- गैर आवाशीय नेपाली संघ पोल्याण्डको निर्बाचन समिति २०१५ गठन मिति देखि नै आधिकारिक रुपमा सक्रिय भई काम संचालन गर्नेछ 
- गैर आवाशीय नेपाली संघ पोल्याण्डको निबर्तमान कार्य समिति निर्बाचन का दिन सम्म आधिकारिक रुपमा आफ्ना कार्य सम्पादन मा रहिरहने हुदाँ निर्बाचन समितिले निर्बाचन कै दिनसम्म निबर्तमान कार्य समितिका सम्पुर्ण काम कार्यवाही लाई कानुनि मान्यता प्रदान गर्नेछ !
- निर्बाचन समितिले पंजीकृत सदस्य हरुको अभिलेख तयार पार्दै मतदाता को नामावली सार्बजनिक गर्नेछ !
- बर्तमान कार्य समिति बिघटन पश्चात निर्बाचन समितिले नयाँ कार्यसमितमा उमेदवारी दिन चाहने उमेद्वारहरुको दर्ता गर्नेछ
नयाँ कार्यासमितमा उमेदवारी दिन चाहने उमेद्वार हरुको दर्ता प्रक्रिया निम्नानुसार हुने छ। 
* प्रतेक साधारण सदस्यहरुले गैर आवाशीय नेपाली संघ पोल्याण्डको बिधान र प्रचलित कानुन बमिजिम उमेदवारी दर्ता गराउन पाउनेछन !
* रास्ट्रीय समन्वय परिषद पोल्यान्डको अध्यक्ष पदमा उम्मेदवार बन्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोल्यान्डको वा अन्तरास्ट्रिय समन्वय परिसदको कार्यकारी सदस्य वा पदाधिकारी भइ कम्तिमा एक कार्यकाल काम गरेको हुनपर्ने छ। 
* कुनैपनि पदमा उमेद्वारीको लागि घटीमा एक/एक जना बैधानिक सदस्य प्राप्त प्रस्तावक र समर्थक हुनु पर्नेछ । निज प्रस्तावक र समर्थकहरु अन्य उमेद्वारका लागि सोहि प्रयोजनमा दोहोरिन वा स्वयम् उमेद्वारी दिन अयोग्य हुनेछन। 
* उमेद्वार ले आफ्नो उमेद्वारी फिर्ता लिन चाहेमा निर्बाचन समितिले समय उपलब्ध गराई फिर्ता गर्न सक्नेछ !
- पदाधिकारी का उमेद्वार हरुको उमेद्वारी शुल्क निर्बाचन समितिले तोके बमोजिम हुनेछ !
- निर्बाचन समितिको सयोजकले नयाँ कार्य समिति पदाधिकारी लाई सपथ ग्रहण गराउने छ !
- नयाँ कार्य समितिको गठन पश्चात आफु संग भएका सम्पुर्ण कागजाच नब गठित कार्य समितिलाई हस्तान्तरण पश्चात निर्बाचन समिति स्वतः विघठित हुनेछ !
धन्यबाद !

निबर्तमान सचिब 
श्री कृष्ण न्यौपाने 
गैर आवासीय नेपाली संघ पोल्याण्ड

निबर्तमान अध्यक्ष 
डा. बोधराज सुबेदी 
गैर आवासीय नेपाली संघ पोल्याण्ड