NewsModule


पोल्याण्डका नेपालीहरु सहयोग अभियानमा जुटे

Published On: Tuesday, April 28, 2015 | Source: NRNA POLAND

५ अप्रिल का दिन नेपालमा महा भुकम्प गई हजारौको ज्यान गएको ,लाखौँ घाइते भएका ,र अवौँको क्षति भई, देश ठुलो संकट मा गुज्रेको यो घडिमा, गैर आवाशीय नेपाली संघ पोल्याण्ड को माताहतमा, पोल्याण्डबाशी सम्पूर्ण गैरआवासीय नेपालीहरु एबम पोलिस नागरिक समेत नेपाली जनताको सहयोग अभियानमा जुटेका छन्!
अहोरात्र सहयोग संकलन मा खटिनु भएका संघ का अर्थ ब्यबस्थापन तर्फका सचिब नरेश सापकोटा साथै सम्पुर्ण कार्य समिति पदाधिकारी हरुले तिब्र अभियान स्वरुप करिब १५ हजार जोलती भन्दा बढी रकम संकलन भैसकेको तथा सहयोग संकलन कार्य अझ ब्यापक गराईने जानकारी कोषाध्यक्ष जीवन के सी लाई उदृत गर्दै सचिब मार्फत प्राप्त भएको छ !
संघका अध्यक्ष डा. बोधराज सुबेदीको सयोजकत्वमा बसेको आकस्मिक बैठकले, संकलित सहयोग लाई निम्नानुसार सदुपयोग गर्ने निर्णय गरेको छ 
- पोल्याण्डबाशी गैरआवासीय नेपालीहरु लाई परेको अतुलनिय मानबिय क्षति को पहिचान गरि सिधै पिडितलाई राहत बितरण गर्ने !
- पोल्याण्डबाशी गैरआवासीय नेपालीहरु लाई परेको मर्माहक भौतिक क्षति को पहिचान गरि पिडितलाई सक्दो राहत बितरण गर्ने !
- गैर आवाशीय नेपाली संघ केद्रीय समन्वय परिषदको राहत कोष मा रकम जम्मा गर्ने ! 
नेपालमा घटेको यस कहालि लाग्दो दुर्घटनामा परी ज्यान गुमाउनुहुने सम्पुर्ण नेपालीहरु प्रति समवेदना प्रकट गदै गैर आवाशीय नेपाली संघ पोल्याण्ड, पोल्याण्डबाशी सम्पूर्ण गैरआवासीय नेपालीहरु आ-आफ्नो क्षेत्र बाट सहयोग मा जुट्नका लागि अपिल गर्दछ !